दफा ३
बोर्ड गठन गर्न सक्ने
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यो ऐन प्रारम्भ हुँदाका बखत कुनै सरकारी निकाय वा संस्थानले सञ्चालन गरिरहेको एक वा एकभन्दा बढी नगरपालिका क्षेत्रको सेवा प्रणाली तथा सेवालाई प्रभावकारीरुपमा सञ्चालन तथा व्यवस्थापन गर्न गराउन सम्बन्धित नगरपालिकासँग परामर्श गरी आवश्यकता अनुसार खानेपानी व्यवस्थापन बोर्ड गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको सेवा प्रणाली तथा सेवा गाउँपालिकाको केही वा पूरै भागमा समेत सञ्चालन भइरहेको रहेछ भने सो गाउँपालिकाको त्यस्तो भागसमेतलाई उपदफा (१) बमोजिम गठन हुने बोर्डको भौगोलिक क्षेत्रभित्र समावेश गर्न सकिनेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै नगरपालिकाले सरकारी निकाय, नगरपालिका वा संस्थानबाट सञ्चालन भएको कुनै सेवा प्रणाली वा सेवा यस ऐनबमोजिम सञ्चालन तथा व्यवस्थापन गर्न गराउन चाहेमा देहायका विवरणहरु खुलाई बोर्ड गठन गर्न नेपाल सरकारसमक्ष निवेदन दिन सक्नेछ ः–
(क) सेवा सञ्चालन तथा व्यवस्थापन गरिने भौगोलिक क्षेत्र,
(ख) नगरपालिकासँग जोडिएको कुनै गाउँपालिकामा समेत सेवा विस्तार भएको रहेछ भने सोको विवरण,
(ग) सेवा सञ्चालन तथा व्यवस्थापन गरिने क्षेत्रभित्र रहेको वा सोसँग सम्बन्धित पानीको स्रोतको स्थिति,
(घ) उपभोक्ताको अनुमानित संख्या तथा सेवा मागको विवरण,
(ङ) सेवा सञ्चालन गर्नको लागि लाग्ने अनुमानित लागत,
(च) सेवा सञ्चालन, व्यवस्थापन, सोको मर्मत सम्भार तथा सुधार वा सेवा विस्तारको लागि तयार गरिएको दीर्घकालीन योजना,
(छ) सेवालाई प्रभावकारी र गुणस्तरयुक्त बनाउन तयार गरिएको कार्य योजना,
(ज) बोर्ड आफैले सेवा सञ्चालन गर्ने वा अन्य व्यक्ति वा संस्थामार्फत सेवा सञ्चालन गराउने हो सोसम्बन्धी व्यहोरा,
(झ) कुनै सरकारी निकायले सञ्चालन गरिरहेको सेवा प्रणालीलाई बोर्डमा हस्तान्तरण गरी सेवा सञ्चालन गर्ने भए त्यस्तो सेवा प्रणालीसँग आबद्ध सम्पत्ति तथा दायित्व र सोको हस्तान्तरण गर्ने तरीका तथा तत्सम्बन्धी अन्य व्यवस्था, र
(ञ) तोकिएबमोजिमका अन्य कुराहरु ।
(४) उपदफा (३) बमोजिम परेका निवेदनउपर जाँचबुझ गर्दा त्यस्तो बोर्ड गठन गर्नु आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निवेदकको मागबमोजिम बोर्ड गठन गर्न सक्नेछ ।